श्रम समितिले सोध्यो – श्रम स्वीकृतिनै नभएको देशमा कसरी पुगे नेपाली ?
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह

विनोदकुमार चौलागाई, काठमाडौं– व्यबस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम स्वीकृति नभएका मुलुकमा समेत बैदेशिक रोजगारीमा नेपाली गएको बिषयमा चासो राखेको छ ।

आज बसेको बैठकमा समितिले बैदेशिक रोजगार विभागका महानिर्देशक बिश्वनाथ ढकाल र बैदेशिक रोजगार व्यबसायी महासंघका प्रतिनिधि डाकेर यस सम्बन्धमा जवाफ मागेको हो । ‘कुन मेनपावरबाट, कसरी अवैधानिक बाटो हुँदै श्रम स्विकृतिनै नभएको मुलुकमा नेपाली गैरहेका छन् ?’ समितिका सभापति प्रभु साहले भने ‘यो संवेदनशील बिषय हो, राज्यले यसमा चनाखो हुनुपर्छ ।’

‘भिषा नलागी हवाई टिकट पाईन्न’ साहले भने ‘श्रम स्विकृति नभएका मुलुकमा जाने नेपालीको भिषा र टिकट प्रकृयामा सरकारले बिशेष ध्यान दिनुपर्छ ।’ समितिले विभागसँग श्रम स्विकृति नभएका मुलुकमा पुगेका कामदारको संख्या विवरण मागेको उनले जानकारी दिए ।

बैठकमा बैदेशिक रोजगारीले निम्त्याएका थुप्रै खालका समस्या समाधान गर्न के गर्नुपर्छ भनेर समितिले सरकारी निकायका प्रतिनिधि र बैदेशिक रोजगार व्यबसायीसँग राय मागेको थियो । बिदेश काम गर्न जाने धेरैजसो नेपाली ठगिने गरेको हुँदा व्यबसायीहरु बढी जिम्मेवार हुन समितिका सभापति साहले सुझाव दिए । बैठकमा उनले ठगी र अन्यायमा परेका कामदारले न्याय पाउने बिश्वस्त आधार नभएको उल्लेख गर्दै सरकारले यस्ता घटनामा अनुसन्धान गर्ने र गलत गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

खाडी मुलुकमा मृत्यु भएका नेपाली कामदारको शव आउने प्रकृया ढिलो हुँदा स्वदेशमा भएका परिवार तथा आफन्तले झन् बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै समितिले सरकारलाई शव ल्याउने प्रकृया सरल बनाउन कुटनीतिक प्रयासको बाटो रोज्न सुझाएको छ ।

बैदेशिक रोजगारीमा देखिएका श्रम स्विकृति, ठगी र शव ल्याउने प्रकृया तथा अन्य समस्याको बारेमा जानकारी लिन समितिले आउँदो आइतबारको बैठकमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र बिषय बिज्ञहरुलाई डाकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: