पशु प्राविधिकमा अवशर धेरै

शिव चौलागाईं, हेटौंडा, असोज १०– मकवानपुरकोे हेटौंडाका केशव दुलाल भेटेरिनरी प्राविधिक हुन् । ११ बर्ष अघि उनले चितवनको नेपाल पोलिटेक्निक ईन्स्टिच्यूटबाट १५ महिने भेटेरिनरी जेटिए शिक्षा पूरा गरेका थिए । दुलालले अहिले आफ्नै लगानीमा गाउँमा एग्रोभेट खोलेका छन् । सुरुको ५ हजार लगानीको पसलमा अहिले त्यसैको आम्दानी बढेर पाँँच लाख पुगेको छ ।

गाउँमा पशु प्राविधिक जनशक्ति थोरै भएका कारण धेरैजसो समय दुलाल पसलमा बस्न समेत फुर्सद पाउँदैनन् । घर–घरमा पुगेर पशुको उपचार गर्दा नै दिन बित्छ । हेटौंडा नगरपालिकासँग जोडिएका वरिपरिका धेरैजसो गाविसका किसानले पशु उपचार तथा कृत्रिम गर्भाधानका लागि उनलाई सम्झन्छन् । निकै लामो अनुभवले गर्दा होला किसानमाझ उनी लोकप्रिय छन् ।

खासगरी उनले पशु स्वास्थ्य, कृत्रिम गर्भाधान, भ्याक्सिनेसन तथा पशुपालन परामर्श सम्बन्धि काम गर्छन् । रोजगारीमा भन्दा आफ्नै काममा राम्रो आम्दानी हुनेभएपछि उनले स्वरोजगारको बाटो समातेका हुन् । परिवारबाट टाढा बस्नुपर्ने तथा स्वतन्त्र भएर काम गर्न पनि नपाईने भएकाले आफैंले काम आँटेको उनको भनाई छ ।

‘आफ्नै हिसावले काम गर्न पाईन्छ’ केशव भन्छन्–‘कामको खाँचो पनि छैन त्यसैले मैंले जागिरको बारेमा सोच्नै परेन ।’ अहिले सबै खर्च कटाएर महिनामा सरदर ३० हजारभन्दा बढी आम्दानी हुने उनले बताए । उनको अनुभवमा पशु उपचारका लागि अझैपनि चाहिएजति जनशक्ति उत्पादन भैसकेको छैन ।

अहिले देशका विभिन्न प्राविधिक शिक्षालयहरुमा कृषि प्राविधिक शिक्षा अन्र्तगत धेरै बिषयहरुमध्ये भेटेरिनरी जेटिएमा कक्षा सञ्चालन भैरहेका छन् । केहि शिक्षालयमा त अझै पनि बिद्यार्थीका लागि फर्म खुला गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी)का अनुसार भेटेरिनरी जेटिए पढ्नका लागि एसएलसी पास भएकाहरुका लागि १५ महिने र एसएलसी फेल भएकाहरुका लागि २९ महिने कोर्सको व्यवस्था गरिएको छ । सामान्यतया यो शिक्षा लिनका लागि ५० हजार देखि एक लाख रुपैंयासम्म खर्च हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: