विदेश जानु अघि ध्यान दिनुपर्ने कुराहरु:
  • रोजगारका लागि विदेश जाँदै हुनुहुन्छ भनें सवैभन्दा पहिलो घरमा सरसल्लाह गर्नुहोस् ।
  • कुन देशमा के कस्ता काम पाइन्छन् र ति काम गर्न के कस्तो सीप आवश्यक पर्छ भन्ने कुरा थाहा पाउनुहोस् ।
  • विदेश जाँदा लाग्ने लागत खर्च र त्यहाँ हुने आम्दानीका बारेमा बुझ्नुहोस् ।
  • आम्दानी धेरै हुने प्रलोभन देखाइ कसैले लागत खर्च बढी असुल्न सक्छ सतर्क रहनुहोस् । कुन देश जान बढीमा कति रकम लिन पाइन्छ भन्ने व्यवस्था सरकारले नै तोकिदिएको छ ।
  • कतार, साउदी अरव, कुवेत, युएई लगातयका खाडीका देशमा जान बढीमा ७० हजार तथा मलेसिया जानेसँग बढीमा ८० हजार लिन पाइन्छ । त्यो भन्दा बढी रकम कसैले मागेमा त्यसका विरुद्धमा उजुरी गर्नुहोस् । यसले ठगले अरुलाई ठग्न पाउँदैन ।
  • रकम दिइसकेपछि त्यसको रसिद, भरपाई लिन नभुलौं । कसैले ठगि गरेमा क्षतीपूर्ती लिन त्यो रसिद अत्यावश्यक हुन्छ ।
  • वैदेशिक रोजगारीमा जान सघाउने व्यक्ति तपाईको गाउँठाउँमै हुनसक्छन् । त्यस्ता व्यक्तिको मात्र भर नपर्नुहोस् । त्यस्ता व्यक्ति एजेण्टको नाममा झोले दलाल हुन सक्छन् ।
  • पत्रिकामा छापिएका वा रेडियोमा प्रशारण गरिएका विज्ञापन सवै सत्य हुँदैनन् । त्यसैले त्यस्ता विज्ञापनको मात्र भर नपर्नुहोस् ।
  • सुरक्षित वैदेशिक रोजगारीका लागि परामर्ष दिने संघसंस्था तपाईको जिल्ला वा छिमेकी जिल्लामा हुन सक्छन् । तिनिहरुको सोधिखोजी गर्नुहोस् । यसले तपाईको खर्च बचाउन, बैदेशिक रोजगारलाई सुरक्षित बनाउन धेरै मद्धत पुग्दछ ।
  • विदेश जाँदा बैदेशिक रोजगार विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्दछ ।
  • विदेश जाँदा अनिवार्य रुपमा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर जानुपर्दछ ।
  • भारत, वंगलादेश लगायतका देश भएर विदेश लैजाने कसैले प्रस्ताव गरेमा त्यो गैरकानुनी हो । त्यसरी जाँदा दुःख पाइन्छ । संकटमा परिन्छ ।
  • कतिपय देश तथा कतिपय काममा सरकारले जान बन्देज लगाएको छ । ईराक, अफगानिस्तान वा अफ्रिकी देशहरुमा धेरै कमाई हुने लोभ देखाएर तपाईलाई कसैले विदेश लैजान खोज्दैछ भनें सतर्क रहनुहोस् ।
  • बैदेशिक रोजगारमा जाँदा सरकारद्धारा मान्यता प्राप्त म्यानपावर कम्पनी मार्फत मात्र जानुपर्छ । पर्यटक भएर भिजिट भिषामा जानु भनेको आफैंले समस्या निम्त्याउनु हो । त्यसैले भिजिट भिषामा जानु हुन्न ।
  • म्यानपावर कम्पनीले दिएको सम्झौतापत्र, पासपोर्ट तथा भिषा लगायत सम्पूर्ण कागजातको एकप्रति फोटोकपि घरमा छोड्नुहोस् ।
  • आफु जाने देशको कानून, हावापानी, धर्म, संस्कृतिका बारेमा थाहा पाएर मात्र जानुपर्दछ । विदेश जाँदा के कस्ता वस्तु लान पाइन्न भन्ने थाहा पाउनुहोस् र त्यस्ता वस्तु साथमा नलैजानुहोस् । सुर्ती, गुट्खा, भाङ्को दाना, मर्चा जस्ता बस्तु लगेको फेला परेमा खाडी तथा मलेसियामा ठूलो सजायमा पर्न सकिन्छ । त्यसैले सतर्क रहनुहोस् ।
  • आफु काम गर्न जाने मुलुकमा रहेको आफ्नो देशको दुतावासको ठेगाना तथा फोन नम्वर तथा गैर आवासिय नेपाली संघ लगायत संघ संस्थाको सम्पर्क नम्वर लिएर जानु पर्दछ ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय