मोहम्मद अजिज अलि , दोहा- स्याङ्जा सहयोग समाज कतारले हृदयघातबाट मृत्यु भएका स्याङ्जा श्रीकृष्ण गण्डकिका इन्द्र बहादुर चौहानको परिवारलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलशिलामा कतार आएको दुई दिनमै आफ्नो ज्यान गुमाएका इन्द्र बहादुरका परिवारको आर्थिक अबस्थालाइ मध्यनजर गर्दै राहत स्वरुप एकलाख चौबिस हजार सात सय एकचालीस रुपैया संकलन गरि समाजकाे अन्तराष्ट्रिय समन्वय समिति मार्फत मृतककि श्रीमती देबिसरा चौहानलाई हस्तान्तरणको लागि पठाइएको समाजका अध्यक्ष रामु बस्यालले बताए । बस्यालको संयोजकत्वमा तथा मृतकका छिमेकी थम सुनारको विशेष पहलमा उक्त रकम संकलन गरिएको हो । कतारमा जिल्ला स्तरीय संस्थाहरुको अग्रणी संस्थामा पर्ने स्याङ्जा सहयोग समाज कतार २००५ मा स्थापना भए देखि सामाजिक गतिबिधिहरु संगै निरन्तर यस्ता खाले मानवीय सहयोग गर्दै आइरहेको बस्यालले बताए ।