कतारमा गायन प्रतियोगिता हुने

गोपाल तिवारी, दोहा- गायन क्षेत्रमा रुचि राख्ने र कलाकारिता क्षेत्रबाट आफनो पहिचान बनाउन चाहनेहरुका लागि समाज सेवा अभियान रुपन्देही तथा प्रवासी नेपाली साङ्गीतिक परिवार दोहा कतारको संयुक्त आयोजनामा प्रवासी नेपाली आईडल २०१४ हुने भएको छ ।

प्रतियोगिताका लागि आवेदन फारम खुलेको र नोभेम्वर २५, २०१४ सम्ममा आवेदन दिन सकिन प्रवासी नेपाली सांगीतिक परिवार दोहा कतारका अध्यक्ष शक्ति क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतियोगीहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कारहरु तथा गायन क्षेत्रमा प्रवेशका लागि सहयोग गरिने समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष सञ्जय रजकले बताए ।

पुरस्कारको राशि भनें तोकिएको छैन । प्रतियोगिमा भाग लिन चाहनेले भनें १ सय रियाल दस्तुर बुझाउनु पर्नेछ ।

गायन क्षेत्र प्रति रुचि राख्ने सबैका लागि यो अवसर भएको भन्दै यसलाई सघाउन सवैलाई आयोजकले आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा उपस्थीत भएकाहरुले यस्ता सामाजिक काममा सवैले खुले। सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय