कतारमा गर्भवती भएको अभियोगमा जागिरबाट निकालेकोमा नेपाली महिलाद्धारा मुद्धा

 

दोहा, भदौ ३० 

३२ बर्षिय नेपाली महिला सिर्जना श्रेष्ठले आफूलाई गर्भवती भएकै कारण जागिरबाट निकाल्ने पूर्व रोजगारदाता विरुद्ध मुद्धा हालेकी छिन् । उनले आफूलाई गैरकानूनी रुपमा जागिरबाट निकालिएको दावी गरेकी छिन् । 

स्टाफ सोर्स ईन्टरनेशनल नामको कम्पनीमा अनलाइन मार्केटिंगमा काम गर्ने श्रेष्ठलाई गत मे महिनामा जागिरबाट निश्कासन गरिएको थियो । उनलाई बच्चा हुन लागेको भन्दै कामबाट निकालिएको थियो । उनलाई जागिरबाट निकालिएको पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक श्रेष्ठले लेखेका थिएः हामीलाई प्राप्त जानकारी अनुसार तपाई गर्भवती हुनुहुन्छ जुन हाम्रो रोजगार करार अनुसार मान्य हुन्न । किनकी तपाई यस कम्पनीमा अविवाहित हैसियतमा कार्यरत हुनुहुन्छ । 

दोहा न्यूजका अनुसार कतारको श्रम कानूनले गर्भवती भएकै कारण कुनै पनि महिलालाई रोजगारीबाट निकाल्न पाइन्न । कानून विज्ञ अव्दुल्लाह युसुफले सिर्जनाको घटनामा कम्पनीले कतारी कानूनको उल्लंघन गरेको बताएका छन् । सिर्जनाले आफूलाई कतारको राष्टिय मानव अधिकार आयोग र वकिलहरुले पनि कानूनी रुपमा उनको जीत सुनिश्चित रहेको बताएको उल्लेख गरेकी छन् । उनी विवाहित हुन् र उनका पतिले उनको भिषा निकालेका हुन् । 

पछि उनी कानूनी रुपमा नै सो कम्पनीमा काम गर्न थालेकी थिइन् । पछि गर्भवती भएपछि उनले यसका बारेमा रोजगारदातालाई जानकारी गराएकी थिइन् । तर कम्पनी सञ्चालकले उनको बैवाहिक अवस्थाका बारेमा आफूलाई जानकाी नभएको भन्दै कामबाट निकालेको थियो । सो कम्पनीका प्रमुख नरकाजी गुरुङले श्रेष्ठको भिषाबाट उनी विवाहित भएको नखुल्ने दावी गरेका छन् । 

रोजगारीबाट निकालिएपछि श्रेष्ठले गत जुनमा कम्पनी विरुद्ध मुद्धा दायर गरेकी हुन् । उनको मुद्धाको बारेमा गत जुलाईमा पहिलो सुनुवाई भइसकेको छ । रमादान तथा गर्मीका कारण छोटो कार्यसमयका कारण उनको मुद्धाको थप सुनुवाई हुन ढिलाई भइरहेको समाचारमा जनाइएको छ ।  

यो पनि पढ्नुहोस् 

जवाफ दिन्छ युएईस्थीत नेपाली दुतावासले ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय