दिलिप पराजुली दोहा
“भोजपुर सेवा समाजको चाहना शिक्षित र सभ्य समाजको स्थापना“ भन्ने नाराका साथ आगाडी बढेको भोजपुर सेवा समाजले तेस्रो बार्षिकोत्सव तथा भाग्यशालि चिट्ठा कार्यक्रम उदघाटन गरेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका गल्फ उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व भोजपुर सेवा समाज कतारका अध्यक्ष् जयकुमार राईले गरेका थिए । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ब्यानर अनावरणसंगै शुरु गरिएको कार्यक्रममा दिप प्रज्वलन गरि सस्थाको लोगो अंकित केक काटिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले दोहामा भएका हरेक कार्यक्रम भन्दा निकै फरक भएको भन्दै कार्यक्रम ठिक समयमा सुरु हुनु नै यसको परिचय भएको बताए । उनले भोजपुर सेवा समाज कतारका हरेक गतिबिधि राम्रा भएका पनि बताए । भर्खरै शुरु गरिएको सस्था भएता पनि एकदम सक्षम व्यक्तिहरुले सस्था भन्दै अधिकारीले संस्थाले नयाँ सदस्यतामा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै मोसु कतारका अध्यक्ष टीएन बरालले दुई जिल्ला बीच हुने कुनै पनि कार्यक्रममा हातेमालो गर्ने बताएका थिए । नेपाल पत्रकार माहासंघ कतारका अध्यक्ष गणेश बन्जाडेले भोजपुर सेवा समाज कतारले गरेका हरेक काम प्रति हातेमालो गर्ने बताए । त्यस्तै गैह्र आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद कतारका सदस्य बिनोद भट्टराईले भोजपुर सेवा समाज संख्यात्मक रुपमा कम भए पनि सच्चा भोजपुरलाई माया गर्ने निकै भएको जनाए ।
