काठमाडौँ — वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख रुपैयाँ र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय