काठमाडौं, क्यानडा र जापानमा आकर्षक तलब सुविधा हुने काममा पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका ३ घर भई हाल काठमाडौँ महानगरपालिका ३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका १ घर भई काठमाडौँ महानगरपालिका ८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन्।

पक्राउ परेकाहरुमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना व्यक्तिबाट ६ लाख ८५ हजार ५ सय रुपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना व्यक्तिबाट २० लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौँ टेकुबाट आइतबार र रविनलाई काठमाडौँ कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो।

शारदालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय