काठमाडौं, श्रममन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारमा गएका महिला श्रमिकले पनि मेरो लागि राज्य छ भन्ने अनुभूत गर्नेगरी वर्तमान सरकारले काम गर्ने प्रयास गरिरहेको बताएका छन् । त्यसका लागि आवश्यक पर्ने नीतिहरु बनाउन र कार्यक्रमहरु गर्न श्रम मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए ।

आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) ले आयोजना गरेको घरेलु श्रमिकहरुको राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री आर्यालले वैदेशिक रोजगारमा जानेहरुलाई सुसूचित गर्ने, तालिम दिए पठाउन पर्छ भन्नेमा आफू अवगत रहेको बताए ।

सो अवसरमा बोल्दै नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आमकास नेपालले नेपालका विभिन्न जिल्लाहरु, विशेषगरी सीमावर्ती जिल्लाहरुमा महिलाको नेटवर्क बनाएर मानव तस्कारी रोक्न गरिरहेको कामको सराहना गरिन् । घरेलु श्रमिकहरुले सवैभन्दा धेरै काम गर्ने तर न्यून ज्याला पाउने र कतिपय अवस्थामा शोषणको अवस्थाबाट समेत गुज्रिनु परिरहेको भन्दै उनले त्यस्तो अवस्थाको अन्त्य हुन जरुरी रहेको धारणा राखिन् । तमाम समस्याका वावजूद वैदेशिक रोजगारका कारण नेपाली महिलामा आएको परिवर्तनको चर्चा गर्दै राजदूत फेलिसिटीले अष्ट्रेलियन दूतावासले भविष्यमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता पनि जनाइन् ।

आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले आइएलओ अभिसन्धि १८९ को महत्व र त्यसको अनुमोदनको आवश्यकताका बारेमा जानकारी गराइन् । उनले सो अभिसन्धि पारीत भएको १३ बर्ष भित्रमा विश्वका ३६ वटा मुलुकहरुले अभिसन्धि अनुमोदन गरेको भन्दै नेपालले यहि बर्षभित्र सो अभिसन्धि अनुमोदन गर्ने अपेक्षा प्रकट गरिन् ।

आमकास नेपालकी अध्यक्ष पुष्पा थापाले घरेलु श्रमिकहरुको योगदानकै कारण कामकाजी मान्छेहरुको घर व्यवस्थापन सहज भएको धारणा राखिन् । तर उनीहरुले उचित तलव, सम्मान प्राप्त गर्न नसकेको भन्दै त्यसका लागि आमकास नेपालले निरन्तर आवाज उठाइरहेको बताइन् ।

सम्मेलनमा मुलुकका सातवटै प्रदेशबाट गरी १ सय भन्दा बढी घरेलु श्रमिकहरु सहभागि भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: