काठमाडौं, रोजगारीका लागि विभिन्न मुलुकहरुमा पठाइदिने बहानामा ३ सय भन्दा बढी व्यक्तिलाई ठगि गरेको अभियोगमा तीनजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त रहेका छन् । उनीहरुले फ्रान्स, न्यूजिल्यान्ड, कम्बोडिया लगायतका मुलुकमा रोजगारीमा पठाइदिने भन्दै रकम ठगेको उजुरी परेको छ । पक्राउ परेकाहरुले विगत ३-४ वर्षयता ३ सय जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरी रोजगारीको खोजिमा रहेका युवालाई फसाउने गरेका थिए । उनीहरुले युरोपमा रोजगारी लगाइदिने भन्दै रकम जम्मा गर्न लगाउने, त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, प्रहरी रिपोर्ट जस्ता कागजात नक्कली रुपमा तयार पारी प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँसम्म संकलन गर्ने र तयसपछि सम्पर्कबिहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगिमा यो समुहले चलाखी अपनाएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुले आफ्नो नाममा रकम जम्मा गर्न नलगाई अरुकै खातामा रकम जम्मा गराउने र चेक मार्फत रकम निकाल्ने गरेको थियो । त्यसरी रकम जम्मा गर्न खाता प्रयोग भएका राजु कुमार बस्नेत हाल वैदेशिक रोजगार ठगीको मुद्दामा डिल्लीबजार कारागारमा छन् । यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ ।

यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: