काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको मन्ी पद उनी विदेश शयरमा हुँदा नै गएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित मेलामा सहभागि हुन गएकोे समयमा नै उनको मन्त्री पद गएको हो ।

नेपाली काँग्रेससँगको खटपटका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्दै सबै मन्त्रालयको जिम्मेवारी आफूले लिएका छन् । नेपाली काँग्रेस लगायतका दलहरुसँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउँदै ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । सोमवार बनाइएको मन्त्रीपरिषदमा नेकपा एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल मन्त्री नियुक्त भएका छन् । उनीहरुलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ गराइएको छ ।

सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्री बर्खास्त गरेका थिए ।

मन्त्री भएपछि उपलव्धी भन्दा धेरै विवादमा परेका भण्डारी दिर्घकालिन प्रभाव पार्ने कुनै काम नगरी मन्त्रीबाट विदा भएका छन् । लोसपाका नेता भण्डारी पछिल्लो पटक १७ औं पटक मन्त्री भएका थिए । अवसरवादी छवि बनाएका भण्डारीका कतिपय निर्णय पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर रोकिदिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय