हुण्डी कारोवारको अभियोगमा दुईजना पक्राउ

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजना तथा अर्का एकजना उनको भरिया बनेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका ४२ वर्षीय राजु गौतम र काभ्रेपलाञ्चोक घर भएका ३९ वर्षीय भिमसेन गौतम छन् । पक्राउ परेका राजुलाई हुण्डी कारोबारी भनिएको छ भनें भिमसेन उनका भरिया भएको प्रहरीको भनाई छ । राजु काठमाडौँको महावौद्धमा इलेक्ट्रिक पसल ‘राधाकृष्ण जनरल स्टोर’ का सञ्चालक हुन् । उनीहरु दुवैजनालाई महावौद्धबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट १३ लाख ७५ हजार नगद र ७ लाख ९७ हजार बराबरको चेक बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिएका छन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी केसीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: