काठमाडौँ । स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएर चन्द्रागिरि नगरपालिका–१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ घर भएकी ३५ वर्षीया छिमी सुनिन छन् ।

आरोपीहरूले २ लाख ८० हजार ठगी गरेको आरोप छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए ।

वैदेशिक रोजगारीका लागि स्लोभेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाउँछौँ भनेर आरोपीहरूले पीडितसँग रकम लिएका हुन् । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

आरोपीहरूलाई कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: