५० देखि ६० हजार कमाई हुने भन्दै फेसबुकमा विज्ञापन गर्ने संस्थामा छापा

महिनामा ५० देखि ६० हजार कमाई हुने काममा लगाइदिने भन्दै फेसबुकमा विज्ञापन गरेको अभियोगमा इटहरीस्थित एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । सो संस्थाले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित गरि झुक्याउन खोजेको भन्दै उपमहानगरले आइतबार छापा मारेको हो ।

विशेष गरी पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको उपमहानगरको ठहर छ । कर्मचारीहरूलाई ६० हजारसम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखा परेका छन् । सर्वसाधारण जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफूहरूले कार्यालयमै गएर छापा मारेको उनले बताए । ुकेहि दिन देखि सामाजिक सञ्जालमा ६० हजारसम्म तलब दिने भन्दै विज्ञापन आइरहेको कारण हामी त्यहाँ पुगेका हौु मेयर पौडेलले भने । ग्रुपको सामान बेच्नका लागि उनीहरुले भ्रमपूर्ण विज्ञापन गरेको उपमहानगरपालिकाको निश्कर्ष छ ।

जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन वजाउने र ठगी गर्न सक्ने भन्दै सतर्कता अपनाउन मेयर पौडेलले आग्रह गरेका छन् । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिसनको लागि कर्मचारीहरूले विज्ञापन गरेको स्वीकार गदै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: