श्रम मन्त्री कुँवरका तीन महिना: मन्त्रीले देखेका उपल्व्धीहरु

श्रम मन्त्री शेरबहादुर कुँवरले मन्त्री भएको तीन महिनामा गरेको महत्वपूर्ण कामका बारेमा मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न र वैदेशिक रोजगारीको क्षेत्रमा गरेका महत्वपूर्ण कामको बारेमा जानकारी गराए ।

मन्त्री कुँवरले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको प्राविधिक सहयोगमा सम्भवत: राष्ट्रिय स्तरमा दक्षिण एसियामै पहिलो पटक नेपालमा अनौपचारिकताको निदान सम्बन्धी कार्ययोजना बनाउने प्रक्रिया अगाडि बढेको जनाए । यसले श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सजिलो हुने र समग्र देशको अर्थ नीतिलाई औपचारिक करण गर्दै मुलुकको विकासमा थप टेवा पुग्ने मन्त्री कुँवरको भनाई थियो ।

यसैगरी आन्तरिक रोजगारी प्रवद्र्धनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको मन्त्री कुँवरले बताए । यसैगरी रोजगारी सम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्यांक व्यवस्थापनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन भई काम भइरहेको जनाइएको छ ।

श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई तदनुरूप जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यसैगरी रोमानियाको भिसाका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी मिसन राखिएको, वैदेशिक रोजगारको क्रममा ठगिमा परेकाहरुलाई ४८ करोड भन्दा बढी क्षतिपूर्ति उपलव्ध गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुन: एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुने गरी कार्यान्वयन गरिएको पनि मन्त्री कुँवरको भनाई थियो । यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुन: एकीकरण सम्बन्धी निर्देशिका, २०७९ स्वीकृति भएको पनि मन्त्री कुँवरको उपलव्धीको सूचीमा समेटिएको छ ।

स्विस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरण परियोजना (रेमी) संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन: कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको मन्त्री कुँवरले बताए । दक्षिण कोरिया सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको पनि उपलव्धीको सूचिमा समेटिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय