काठमाडौंका स्वरोजगार श्रमिक आन्दोलनमा, आज विरोध र्याली र धर्ना

काठमाडौंका स्वरोजगार श्रमिक आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले चाडवाडको पूर्वसन्ध्यामा जवर्जस्ती र हठात रुपमा स्वरोजगारहरुको व्यापार व्यवसाय बन्द गर्न खोजेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्द नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आव्हानमा श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । यस अन्तर्गत आज विहिवार श्रमिकहरुले विरोध र्याली निकाली काठमाडौं महानगरपालिकामा धर्ना दिने कार्यक्रम छ । यसका लागि विहान १० बजे सुन्धारामा भेला हुन संघले सम्पूर्ण श्रमिक तथा शुभचिन्तकहरुलाई आव्हान गरेको छ ।

संघकी केन्द्रीय अध्यक्ष माया गुरुङले काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रकृया विपरित निर्माण भएका संरचनाहरु हटाउने नाममा सडकपेटी र गल्लीहरुमा व्यापार गरेर जीवनयापन गर्ने निम्न वर्गिय स्वरोजगार श्रमिकहरुलाई अन्याय गरेको बताइन् । उनले स्वरोजगार श्रमिकहरुको सामान कव्जा गर्ने, हातपात गर्ने र गिरफ्तार गर्ने काम भइरहेको जानकारी गराइन् । विकल्पको व्यवस्था नगरी गरिएको यस्तो अमानविय कामले स्वरोजगार भएर जीवनयापन गरिरहेका हजारौं श्रमिकहरुलाई बेरोजगार बनाउने उनको भनाई छ ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विहिवार महानगरपालिकामा धर्नासँगै ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम छ । काठमाडौंमा करिव ५० हजार स्वरोजगार श्रमिक रहेको अनुमान छ । उनीहरुमा आश्रित झण्डै दुईलाख व्यक्तिहरु रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय