झण्डै एक महिना युएईले नेपाल सहित १३ देशबाट हुने उडान नखोल्ने

यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरोना महामारी बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो ।

युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभावित भएका छन् । युएईले नेपाल अझै कोरोना संक्रमणको ुउच्च जोखिमु रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको हो । युएईले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेकोमा उक्त मितिलाई दुई साता लम्ब्याएर जुलाई २१ सम्म सारेको छ ।

यूएईले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, कंगो, युगान्डा, लाइबेरिया, नामिबिया, सिएरालिओन, जाम्बिया, भियतनाम, नाइजेरिया र दक्षिण अफ्रिका गरी १३ देशका नागरिकलाई जुलाई २१ (साउन ६) सम्म प्रवेश रोकेको छ । तर चार्टर्ड जहाज र कार्गो विमान भने उड्न पाउनेछन् । त्यस्तै दुवै डोज खोप लगाएका नेपालीले भने प्रवेश पाउनेछन् ।

अहिले नेपालबाट युएई एकतर्फी उडान शुरु भएको छ । जसले महामारीका कारण यूएईमा रोकिएका, अलपत्र परेका श्रमिकलाई उद्धार गर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: