कतारमा रोजगारदाता परिवर्तनमा अपनाउनु पर्ने प्रकृयाहरु

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कम्पनी परिवर्तन गर्दा नो अव्जेक्सन सर्टिफिकेट ९एनओसी० आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कम्पनी परिवर्तन गर्दा केहि प्रकृयाहरु पुरा गर्नुपर्दछ । यसका लागि रोजगारदातालाई सुचना दिनेदेखि सरकारी सुचना प्रणालीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

कतारको श्रम मन्त्रालयका अनुसार रोजगारदाता परिवर्तन गर्दा आफ्नो रोजगारदाता परिवर्तन सम्वन्धि जानकारी दिनुपर्दछ । यसका लागि २ बर्ष भन्दा बढी अवधिका लागि कम्पनीमा काम गरिरहेको भएमा २ महिनाको सुचना दिनुपर्दछ । यसैगरी २ बर्ष भन्दा कम अवधि काम गरिरहेको भएमा १ महिनाको सुचना दिनुपर्दछ । यसका लागि रोजगारदातासंग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिन अघि सूचना दिनुपर्ने व्यवस्था छ ।

करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्ष पछि मात्र सूचना दिन सकिन्छ । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिनु पर्दछ । सूचना संगै छाडन चाहेको रोजगारदातासंगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागिर दिन्छु भन्ने पत्र (जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।

रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली  (Electronic Notification system of ADLSA) वाट https://bit.ly/ADLSA-ENS लिंकमा गएर दिनु पर्दछ .

सूचना दिई सकेपछि कामदार र जान चाहेको रोजगारदाता sDkgLलाई SMS वाट जानकारी आउछ ।

यसपछि नयाँ रोजगारदातासंग रोजगार करार गर्नुपर्दछ । नयाँ रोजगारदाता कम्पनीले कामदारसंग छलफल गरी करार पत्र बनाउनु पर्दछ । उक्त करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण (Digital Authentication) गर्नको लागि https://elcr.adlsa.gov.qa/ लिंकमा गएर गर्नुपर्दछ ।

करार पत्र प्रमाणिकरण (Authenticated ) भएपछि नयाँ रोजगारदाता कम्पनीले कतार आइ डी को लागि  आन्तरिक मन्त्रालयमा अनुरोध गर्नुपर्दछ । नयाँ रोजगारदाता कम्पनीले कतार आइ डी र हेल्थ कार्ड बनाईदिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: