कुवेतमा ८ जना नेपालीको कोभिड-१९ का कारण मृत्यु

हरि कृष्ण न्यौपाने, कुवेत – कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन।

नेपाली राजदूतावास कुवेतका द्धितिय सचिव श्रीकृष्ण सिलवालले भने, कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनीहरुको कुवेतमै अन्त्येष्टि गरि सकिएको छ।

नेपाली राजदूतावासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हालसम्म (मार्च १ देखि जुलाई ३१,२०२०) २६ जना नेपालीको मृत्यु भएको छ जसमध्ये कोरोनाका कारण ८ जनाको मृत्यु भएको हो ।

यसैगरी कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना (१० पुरुष र ३ महिला) को शव चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने ८ जना र अन्य ५ जना (मृतकको परिवारसँग सहमति लिएर) गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला छन ।

यो पनि पढ्नुहोस् जागिर गयो, न तलव पाए, न त स्वदेश फर्किनै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय