अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय उडान सेवा आगामी बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । चैत ९ गते मध्यरातिदेखि सुरु भएको अन्तर्राष्ट्रिय उडान बन्द यसअघि बैशाख ३ गतेसम्मका लागि बन्द गरिएको थियो ।

कान्तिपुर दैनिकका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले जानकारी दिएका हुन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय