
काठमाडौं, जेठ २३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ २३ पैसा र विक्रि दर ३० रुपैंयाँ ३९ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ४७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६३ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ९ पैसा तथा विक्रि दर ३० रुपैंया २५ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६२ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६३ रुपैंया ६६ पैसा छ भनें विक्रि दर ३६५ रुपैंयाँ ६३ पैसा छ । बहराइन दिनारको खरिद दर २९३ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २९४ रुपैंयाँ ७० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।