
काठमाडौं, मंसिर १५-
वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यसहित सरकारले सुरु गरेको ‘बैदेशिक रोजगार बचतपत्र’ योजना असफल देखिएको छ । रेमिट्यान्सलाई बचत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न ८ वर्षअघि सुरु गरिएको कार्यक्रममा लक्षित वर्गलाई आकर्षित गर्न नसकेपछि योजना अलपत्र परेको हो । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निष्कासन गर्दै आए पनि न्यून मात्र बिक्री हुने गरेको छ ।
सरकारले आर्थिक वर्ष २०६६(ण्०६७ देखि बचतपत्रको अवधारणा सुरु गरेको थियो । त्यसयता १४ वटा योजनामार्फत १० अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरे पनि ५।१५ प्रतिशत अर्थात ५४ करोड ५७ लाख रुपैयाँ बराबरको मात्र बचतपत्र बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले पहिलोपटक २०६६(०६७ मा १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गरेकोमा त्यसको ०।४० प्रतिशत अर्थात ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । त्यसयता केही वर्ष बचतपत्रको बिक्रीमा वृद्धि देखिए पनि गत वर्षदेखि बिक्रीदर पुनः ओरालो लागेको छ । बचतपत्रको महत्वबारे सरकारले प्रचारप्रसार गरेपनि यसको प्रतिफल नदेखिएको कारोवारले समाचार
लेखेको छ ।
हालसम्म सबैभन्दा बढी बचतपत्र बिक्री २०७३ असारमा जारी भएको २०७८ ‘क’ भएको छ । उक्त समयमा ३३ करोड ७९ लाख बराबरको बचतपत्र जारी भएकोमा ११ करोड २४ लाख बराबरको बिक्री भएको थियो । बचतपत्र र यसबाट हुने फाइदाका बारेमा लक्षित वर्गसम्म प्रचारप्रसार गर्न नसक्दा यसको खरिदमा आकर्षण नदेखिएको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी स्वीकार गर्छन् । “जसलाई लक्षित गरी बचतपत्र जारी ग¥यौं, उसम्म पुग्नेगरी प्रचारप्रसार गर्न सकेनौं,” उनले भने, “यसबाट बचतपत्रमा सर्वसाधारणको आकर्षण नभएको जस्तो देखियो ।”
बचतपत्र बिक्री बढाउनका लागि राष्ट्र बैंकले गत वर्ष कतार र दुबईमा प्रचारप्रसार समेत गरेको थियो । तर, यी कार्यक्रमहरू खासै उपलब्धीपूर्ण नभएको प्रचारप्रसार कार्यक्रमको नेतृत्व गरेका डेपुटी गर्भनर शिवाकोटी बताउँछन् । “हामीले गरेका कार्यक्रममा वास्तविक कामदारलाई ल्याउन सकेनौं” उनले भने, “उपस्थित भएका सिमत व्यापारी वर्ग र विदेशमा राम्रै काम गरिरहेकालाई यसमा वास्ता छैन ।”
राष्ट्र बैंकले ०७० मा ‘बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यविधि–०६७’ संसोधन गरेपछि बिक्रीमा वृद्धि देखिएको थियो । कार्यविधिमा विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्थाका कारण खासै आवेदन नपरेको र अहिले कार्यविधिमा संसोधन गरी नेपालबाट पनि खरिद गर्नसकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारका सदस्यले उक्त बचतपत्र खरिद गर्न पाउनेछन् । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कार्यविधि संसोधनपछि ३३ प्रतिशतसम्म पुगेको बचतपत्र बिक्रीदर पुनः घटेर १ प्रतिशतभन्दा कम भइसकेको छ । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउनु, रेमिट्यान्स आप्रवाहसमेत घट्नुले बचतपत्रमा समेत असर परेको शिवाकोटी दावी गर्छन् । “एकातिर रेमिट्यान्स वृद्धिदर घटेको छ, अर्कोतिर बचतपत्रमा पनि कम आवेदन पर्नु अनौपचारिक कारोबार बृद्धि भएको आशंकालाई बलियो बनाउँछ,” उनले भने ।
वैदेशिक रोजगार बचतपत्रको बिक्री बढाउन श्रम, रोजगारका साथै एनआरएनलगायतका संघसंस्थाबीच सहकार्य जरुरी रहेको शिवाकोटीले औल्याए । “बचतपत्रको महत्व बुझाएर औपचारिक च्यानलबाट कारोबारमा प्रोत्साहन गर्न सबै सरोकारवाला निकायको सहकार्य जरुरी छ,” उनले भने, “वैदेशिक रोजगारीमा जाने युवालाई गर्ने अभिमुखीकरणदेखि नै यो विषयमा जानकारी दिनुपर्छ ।”
यो पनि पढ्नुहोस्
राष्ट्रपति भण्डारीको प्रश्नः हजारौं युवा किन विदेश गइरहेका छन् ?