लक्ष्मण सापकोटा, युएई,मंसिर ९-
युएईको राजधानी आवुधाविमा आयोजीत वृहत सांस्कृतिक साँझमा नेपाल आइडलका प्रतिस्प्रधी सागर आले र सुजता पाण्डेले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । नेपाल मगर संघ युएई शाखाको आयोजनमा शुक्रवार सम्पन्न भएको कार्यक्रममा आले र पाण्डेले दर्शकमाझ आफ्नो प्रस्तुति राख्दै मनोरञ्जन प्रदान गरे ।
कार्यक्रममा सागर र सुजता स्टेजमा देखा परेपछि दर्शकले हुटिङ गरेर स्वागत गरेका थिए । ”ए कान्छा” भन्दै आफ्नो प्रस्तुति दिन सुरु गरेकी सुजता पाण्डेले आधा दर्शन भन्दा वढि गित गाएर दर्शकलाई नचाएकी थिईन् । यस्तै सागर आलेले पनि लगातार एक दर्जन भन्दा वढि गित गाएर दर्शकलाई नचाएपछि कार्यक्रमको माहोल तातिएको थियो । सागरले गित गाउदा गाउदै स्टेज माथीनै दर्शकको भिड उक्लीएपछि केही समय आयोजकलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।
राती अवेर सम्म चलेको कार्यक्रममा युएईका स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दर्शकमाझ प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाल मगर संघ युएईका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा तथा नेपाली दुतावास युएईका श्रम काउन्सीलर भेषवहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर विशिष्ठ अतिथी रहेको कार्यक्रमको अतिथिमा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा , एनआरएनए युएईका उपाध्यक्ष निर्मल कुमार पोख्रेल तथा युएईमा रहेका स्थानीय संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।
कार्यक्रममा मगर संघको नयाँ कार्यसमिति घोषणा
आयोजक मगर संघले कार्यक्रममा कलाकारहरुको प्रस्तुति सकिएपछि सोही कार्यक्रम मार्फत नवौ महाधिवेशनवाट निर्वाचित नयाँ कार्यसमिति समेत घोषणा गरेको थियो । घोषणा गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा टंक थापा मगर वरिष्ठ उपाध्यक्षमा सिला राना मगर,चार उपाध्यक्षमा मन सारु मगर , ग्यावत राना मगर , लाल वहादुर सिंग मगर र नुरेन्द्र दिसुवा मगर रहेका छन् । त्यस्तै भाषिक उपाध्यक्षमा कैलाश खाम मगर , महासचिवमा डोल राना मगर ,सचिवमा भुवन थापा मगर , कोषाध्यक्षमा सुमन मगर , सह कोषाध्यमा लोक सुनारी मगर र प्रवक्तामा मोहन वुढाथोकी मगर रहनुभएको संघले जनाएको छ । यस्तै कार्यसमितीको सदस्यहरु सनम बाचे मगर ,होम थापा मगर ,नविन थापा मगर ,राजेन्द्र थापा मगर, फडेन्द्र बामपाकी मगर, चन्दा पुलामी मगर र नयन घर्ती मगर रहेका छन् ।
यो पनि पढ्नुहोस्