यसरी नराम्रोसँग पिटिए नेपाली कामदार (भिडियो) 

काठमाडौं, असोज १४ 

युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले केहि समय अगाडी नराम्रोसँग कुटपीट गरेको भिडियो देशपरदेशलाई प्राप्त भएको छ । फुजेराहमा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफ्ना कामदारहरुलाई आफूले भनेको नमानेको भन्दै यसरी निर्दयतापूर्वक कुटेका हुन् ।  रेस्टुरेन्ट ब्यवसायी सुजनको अन्य साझेदारहरुसँग असम्झदारी बढेपछि ती कामदारहरुले अर्को साझेदारलाई सहयोग गरी आफुलाई असहयोग गरेको भन्दै उनीहरुको कोठामा गएर बेस्मारी पिटेका थिए । 

उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए ।  घटना पश्चात प्रहरीको कारबाहीमा परेर सापकोटा केहि दिन प्रहरीको कारवाहीमा समेत परेका थिए । तर उनी स्थानीय स्पोन्सरको पहुँचका कारण नाम मात्रको कारवाही पश्चात मुक्त भएको पीडितको गुनासो छ । उनले पुनः उक्त ब्यवसाय सञ्चालनमा ल्याएका छन । कुटाइ खाने नेपाली कामदारहरुलाई नेपाल फर्काइएको छ ।  

सापकोटाबाट कुटाई खाएका एक नेपालीले आफूहरुलाई विनाकारण यसरी कुटिएको बताए । विदेशी भूमिमा नेपालीबाटै यसरी कुटिंदा समेत आफूहरु निरिह बनेर बस्नु परेको उनको भनाई छ । तर  सापकोटाले नेपालमा समेत धम्की दिइरहेको भन्दै उनले आफ्नो परिचय खुलाउन मानेनन् । त्यसैले उनको परिचय गोप्य राखिएको छ । 

(सापकोटाले बोलेका अश्लील शव्दहरुमा बिप राखिएको छ)

हेर्नुहोस् भिडियो

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PtyR-3mt9oI” frameborder=”0″ allowfullscreen></iframe>
{/source} 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय