कसले जिते युएईमा म्यूजिक भिडियो अवार्ड ? 

सन्तकुमार चौधरी, अवुधावी, युएई 

युएईको अवुधावीमा नेपाली म्यूजिक भिडियो अवार्डमा १८ विधामा अवार्ड वितरण गरिएको छ । यस पटकको अवार्ड वितरणमा बेष्ट म्यूजिक भिडियो डाइरेक्टरमा मिलन चम्साले अवार्ड हात पारेका छन् । यस्तै बेष्ट कोरियोग्राफरमा शंकर विसीले अवार्ड जिते । बेष्ट भिडियो क्यामेरापर्सनमा हरि हुमागाईले अवार्ड हात पारे । 

यस्तै बेष्ट लिरिक्समा भने किशोर धिले अवार्ड जिते । यसैगरि वेष्ट संगीतकारको अवार्ड सुनिल मास्केले हात पारे । वेस्ट एरेञ्जरको लोकदोहोरी तर्फ रितकुमार श्रेष्ठले अवार्ड प्राप्त गरे । यस्तै वेस्ट म्यूजिक भिडियो एडिटरमा भने प्रकाश पराजुलीले अवार्ड थापे । 

वेस्ट फिमेल भोकल तर्फ गायिका दुर्गा खरेलले अवार्ड जितिन् । यस्तै वेस्ट भिजुअल फिमेल तर्फ गायिका मिलन अमात्यले अवार्ड प्राप्त गरिन् । तर उनी कार्यक्रममा सहभागी थिइनन् । यस्तै वेस्ट भोकल मेल पप तर्फ भने गायक अमिर सेखले अवार्ड हात पारे । 

संगीक्षा फिल्मस इन्टरटेन्मेन्ट एवम् नमस्ते ट्राभल एण्ड टुरिजमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा युएईस्थित नेपाली कार्यवाहक राजदुत नेत्रवहादुर टन्डनले यस्तो खालको कार्यक्रमले नेपाली कला क्षेत्रमा ठूलो टेवा पुग्ने वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले यस्तो खालको कार्यक्रमलाई सबै नेपालीले माया र सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । नमस्ते ट्राभल एण्ड टुरिजमका प्रबन्ध निर्देशक एकेन्द्र वहादुर थापा र संगीक्षा फिल्मस इन्टरटेन्मेन्टका प्रमुख मनोज केसीको संयुक्त अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।   

दुईजना सम्मानीत:

शुक्रवार आयोजित अवार्ड वितरण कार्यक्रममा गायन क्षेत्रका दुईजनालाई सम्मान गरिएको छ । लामो समय देखि गायन क्षेत्रमा सक्रिए भई लोकगीत क्षेत्रमा ठूलो योगदान दिएको भन्दै गायिका कोमल वली र गीतकार योगेन्द्रमणी दाहाललाई सम्मान गरिएको हो । दाहाललाई गायन क्षेत्रमा राम्रा राम्रा गीत रचेर ठूलो योगदान दिएको भन्दै कदर पत्रले सम्मान गरिएको हो । 

साँस्कृतिक कार्यक्रम

कार्यक्रमका सहभागिहरुलाई गायिका कोमल वलीले छम्छम्ती नचाइन् । आवुधावी पुगेका नेपालीहरुलाई गायिका ओलीले बाँझो खेतमा बोलको गीतमा नचाईन । कार्यक्रमका प्रमुख अतिथि युएई स्थित नेपालका लागि कार्यवाहक राजदुत देखि कार्यक्रममा सहभागी हुन नेपाल देखि आएका संचारकर्मी, कलाकार लगायत युएईमा बस्ने नेपालीहरुले समेत वलीले गाएको गीतमा छमछम नाचेर साथ दिए । …बासै पर्याे आजै राती मायालुको घरमा लगायत तीनवटा गीत गाएर मनोरञ्जन गराइन् । 

कार्यक्रममा गायक युवराज चौलागाईले…..टुंगुनाको धुनमा डाँडापारी जुनमा मनै उडायो बोलको रिमिक्स गीत गाउँदा दर्शकहरुको राम्रो साथ पाए । उनले दुईवटा गीत गाएर मनोरञ्जन दिए । यस्तै गायिका दुर्गा खरेलले…त्यो काले ले हेरेर हैरान बनाउँछ बोलको गीत गाइन । कार्यक्रममा गोपिकृष्ण पंगेनी, सुमन तामाङ लगायतले गीत गाएर मनोरञ्जन दिए । 

युएईमा नै पहिलो पटक आयोजना गरिएको म्यूजिक अवार्ड वितरण कार्यक्रममा नेपालवाट आएका कलाकारहरुले विभिन्न खालका नृत्य प्रस्तुत गरेका थिए । नवोदित कलाकार स्वयता  …शान्ती लुकाउँ कहाँ बोलको गीतवाट नृत्य सुरु भएको कार्यक्रममा नायिका वर्षा राउतले…ब्लाष्ट हुनेवाला छ मेरो जवानी बोलेका गीतमा एकल नृत्य गरिन् । 

यसैगरी सो अवसरमा प्रेम गीत चलचित्रकी नायिका पुजा शर्माले …म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस बोलको गीतमा दर्शकहरुकै बीचवाट नृत्य गर्दै मञ्चमा पुगेपछि दर्शकहरुले तालि पिटेर साथ दिए । उनले तीनवटा गीतमा नृत्य गरिन । यस्तै कार्यक्रममा चकलेटी नायकको रुपमा स्थापित हुँदै गरेका पल शाह र नायिका वर्षा राउतले नाई नभन्नु ल चलचित्रको डुएट गीतमा नृत्य गरे । एसराज गहतराज र सरला थापाले समेत डुएट गीतमा नृत्य गरेर सहभागीहरुलाई मनोरञ्जन दिए । 

कार्यक्रममा सहभागीता जनाउन युएईका विभिन्न शहरवाट नेपालीहरु आवुधावी पुगेका थिए । आवुधावी स्थित फोल्कलोर एण्ड थिएटर सोसाइटीको सभाहल नेपाली दर्शकहरुले भरिभराउ थियो । कार्यक्रममा नायिका एमव् चलचित्र निर्माता सुस्मीता केसी, कलाकार एवम् निर्देशक शंकर विसी लगायत दर्जनौं कलाकारहरु सहभागी थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय