काठमाडौं, भदौ ३१- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३४ पैसा र विक्रि दर २९ रुपैंयाँ ५१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६४ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ८१ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ९६ पैसा छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ आसपास थियो । धेरै समयपछि रिंगिटको भाउ पुनः २५ रुपैंयामा ओलिएएको छ । यसले बहुसंख्यक नेपाली कार्यरत देशको मुद्राको सटही दर घट्दा धेरैलाई आर्थिक नोक्सानी हुन्छ । मलेसियाका वित्त विश्लेषकहरुले यसअघि यो हप्ता रिंगिटको मूल्य घट्ने अनुमान गरेको समाचार द सनले लेखेको थियो ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ३९ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ३८ छ भनें विक्रि दर २८४ रुपैंयाँ ९७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
फेसबुकबाट बैदेशिक रोजगारीको उजुरी लिन सरकारी अधिकारीको प्रस्ताव