काठमाडौं, भदौ ३१
राहादानी विभागका महानिर्देशक लोकबहादुर थापाले बैदेशिक रोजगारका पीडितको उजुरी फेसबुक र ट्वीटरबाट समेत लिन सुझाव दिएका छन् । उनले यसो गर्न सकेमा पीडितलाई ठूलो राहत पुग्ने बताए ।
विहिवार राजधानीमा आयोजित एक कार्यक्रममा राहदानी विभागका महानिर्देशक थापाले भनेः “म पासपोर्टसँग सम्वन्धित समयाहरु फेसबुक र ट्वीटरबाट लिइरहेको छु र ति समस्याको समाधानका लागि प्रयास पनि गर्छु ।” कतिपयलाई १० पटक भन्दा बढी जवाफ दिएको भन्दै उनले सेवाग्राहीलाई सेवा दिन चाहने हो भनें प्रविधिले अहिले धेरै सहज बनाइदिएको धारणा राखे ।
महानिर्देशक थापाले सरकारी निकायलाई प्रविधि मैत्री हुन पनि आग्रह गरे । उनले बैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई रकम जिल्ला पुगेको जानकारी समेत नहुने भन्दै रकम आएको विषयमा एक एसएमएसले नै त्यो जानकारी परिवारमा पुग्न काफी हुने बताए । केवल एक रुपैंयामा नै त्यो काम सम्भव हुने भन्दै यसतर्फ धयान दिन उनले सम्वन्धित निकायको ध्यानाकर्षण गराए । कार्यक्रममा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले पनि सहभागि थिए ।
थापाले देख्दा सानो काम गरेमा पनि सेवाग्राहीले ठूलो मद्धत पाउने धारणा राखे । उनले हालै विभागले विदेशबाट पासपोर्ट बनाउँदा लाग्ने शुल्कलाई ८० डलरबाट घटाएर ५० डलर बनाएका कारण श्रम गर्न जाने लाखौं नेपालीलाई राहत पुगेको बताए । यसैगरी विभागको अगाडी सुचना केन्द्र स्थापना उत्तिकै महत्वपूर्ण काम भएको उनको भनाई थियो ।
यो पनि पढ्नुहोस्
कामदार मलेसिया पठाउन रोके व्यवसायीले