प्रवासी नेपालीको साधारणसभा सम्पन्न 

काठमाडौं, भदौ ३० 

प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सन् १९९८ मा साउदी अरवमा प्रवासी नेपाली सेवा समितिका रुपमा स्थापित संस्था विसं २०६६ मा नेपालमा प्रवासी नेपाली समन्वय समितिका रुपमा दर्ता भएको हो । 

सुरक्षित आप्रवासनका क्षेत्रमा कृयाशिल संस्था प्रवासी नेपाली समन्वय समितिले मलेसिया र कतारमा समेत प्रतिनिधिहरु राखेर बैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुलाई सेवा दिइरहेको छ । 

साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले आफू साउदीस्थीत दुतावासमा कार्यरत रहँदा नै प्रवासी नेपाली सेवा समितिले पीडित नेपालीलाई मद्धत गर्ने काममा देखाएको तत्परताका बारेमा जानकार रहेको बताए । उनले हरेक निकाय र व्यक्तिले आफ्नो स्थानबाट देख्दा ससानो लाग्ने सुधारका काम गर्ने हो भनें यसले ठूलो परिवर्तन ल्याउन मद्धत गर्ने बताए । हालै बैदेशिक रोजगारीका क्रममा रहेका नेपाली लक्षित गरी नयाँ राहदानी बनाउँदा लाग्ने शुल्कलाई ८० डलरबाट घटाएर ५० डलर बनाइएको भन्दै यसले खाडीका मुलुक तथा मलेसियामा श्रमरत नेपालीलाई सहयोग गर्ने बताए । 

सो अवशरमा बोल्दै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले सरकारी निकाय र गैरसरकारी क्षेत्र तथा सञ्चार माध्यमबीच हातेमालो गरी धेरै महत्वपूर्ण काम गर्न सकिने बताए । उनले बैदेशिक रोजगारीका क्रममा नेपाली युवाले प्राप्त गरेको अनुभव, पुँजी र सीपले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा प्रकट गरे । 

सो अवशरमा सामी परियोजना अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयमा अवस्थीत परियोजना समन्वय ईकाईका प्रमुख सूर्र्य भण्डारीले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक सुचना प्रदान गर्न सुचना केन्द्रहरु सञ्चालन गरिएको जानकारी गराए । उनले पछिल्लो समयमा राहदानी विभागले गरेका सुधार बैदेशिक रोजगारीमा जान चाहने र बैदेशिक रोजगारका क्रममा रहेकाहरुलाई सहयोगि भएको बताए ।    

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले आफू कोरियामा रहँदा श्रमिकको अधिकारका लागि संघर्ष र त्यसबाट प्राप्त उपलव्धीका बारेमा स्मरण गरेका थिए । उनले आफूहरु पनि बैदेशिक रोजगारीबाट फर्केपछि संगठित भएर संस्थागत रुपमा आप्रवासी कामदारको हकहीतमा कृयाशिल रहेको भन्दै प्रवासी नेपाली समन्वय समितिलाई अझ सशक्त भएर अगाडी बढ्न शुभकामना दिए । उनले बैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्या रहेको भन्दै तिनिहरुको समाधानका लागि एकजुट भएर काम गर्नुपर्ने खाँचो औंल्याए । 

सो अवशरमा प्रवासी नेपाली समन्वय समितिकी कार्यक्रम अधिकृत कृष्णशोभा सुवालले एकबर्ष भित्र सो संस्थामा परेका निवेदनहरु र प्राप्त सफलताका बारेमा जानकारी गराएकी थिइन् । संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले आफ्नो संस्थाले बैदेशिक रोजगारीमा जानु अगाडी देखि पुनस्र्थापनासम्ममा केन्द्रीत भएर काम गरिरहेको जानकारी गराए । उनले साउदी अरवमा संगठित भएदेखि हालसम्मको यात्रामा आफूहरु श्रमिकको अधिकारमा केन्द्रीत रहेको बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय