साउदी पुगेका नारायणकाजीले भनेः तपाईहरुका समस्याका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्छु 

साउदी अरब–पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपार्इहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जन प्रगतिशील मञ्च, साउदी अरबको चौथो एकता महाधिवेशनको निम्तोमा साउदी आएका थिए। ११ सेप्टेम्बरमा दिन साउदी अरबको रियादमा आएका नेता श्रेष्ठले साउदी बसाईको क्रममा प्रवासी नेपाली कामदारहरुसँग भेट गर्नुका साथै यहाँस्थित नेपालीका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका थिए ।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय