फ्रिभिषा, फ्रिटिकटको निर्णय खारेज गरे कडा आन्दोलन हुने  

काठमाडौं, भदौ ३० 

फ्रिभिषा, फ्रिटिकटको प्रभावकारी कार्यान्वयनको माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सुनसरीले दवाव र्याली निकालेको छ । सुनसरीको सदरमुकाम ईनरुवामा निस्किएको र्यालीमा बैदेशिक रोजगारीबाट फर्केकाहरु, आप्रवासीका परिवार सहभागि थिए । र्यालीका सहभागिले सरकारलाई पूर्व निर्णयबाट पछि नहट्न आव्हान गरे । 

र्याली पछि केन्द्रले जिल्ला प्रशासन कार्यालय मार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ । सरकारले गरेको निर्णय उल्टाउन वा खारेज गर्न खोजे केन्द्रले अझ सशक्त आन्दोलन गर्न पछि नपर्ने केन्द्रका अध्यक्ष क्षितिज पौडेलले जानकारी गराए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: