मलेसियाले करोडौं उठाइरहँदा पनि किन बोल्दैनन् मन्त्री, नेता र एनजिओकर्मी ? : महासचिव गुरुङ 

 

काठमाडौं, भदौ २८

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले नेपाली कामदार ठग्ने मलेसियाली कम्पनीहरुसँग नेपालका मन्त्री, नेता र उच्च पदस्थ कर्मचारी मिलेको आशंका व्यक्त गरेका छन् । उनले नेपाली कामदारबाट विभिन्न नाममा बर्षेनी झण्डै डेढ अर्व रकम उठाउँदा समेत उनीहरु नबोलेको भन्दै यो आश्चर्यको विषय भएको बताए । 

देशपरदेशसँगको कुराकानीका क्रममा महासचिव गुरुङले भीएलएन, बायोमेट्रिक, माईग्राम, वान स्टप सेण्टर जस्ता विविध नामका कम्पनीहरु खडा गरेर मनलाग्दी रकम उठाइरहँदा पनि नेपाल चुप लागेर बस्नु खेदजनक भएको बताए । भीएलएन, माइग्रामले बर्षेनी ३२ करोडका दरले तथा बायोमेट्रिक मेडिकलका लागि ४५ करोड उठाइरहेको स्थीतिमा वान स्टपका नाममा रकम उठाउन थालिसक्दा पनि सरकार चुप लागेर बस्न नमिल्ने उनको भनार्ई थियो । 

“हामी त आफूले लिने सेवा शुल्क लिने बाँकी जे जति गर्नुपर्छ विदेश जानेलाई गर्न अह्राउने मात्र हौं, खर्च उनीहरुको नै लाग्ने हो” गुरुङले भने “तर यस्तो विषयमा सरकार त बोल्नु पर्यो नी । सरकार किन हरेक पटक मौन बस्छ ?” उनले भने “यसले हामीलाई आशंका बढाएको छ, कतै करोडौंको खेलमा उनीहरु(मन्त्री, नेता र उच्चपदस्थ कर्मचारी) त सहभागि छैनन ?” कामदारलाई प्रत्यक्ष आर्थिक भार पर्ने विषयमा सरकारी अधिकारीहरु यसरी चुप लागेर बस्नुले नेपाली युवा अन्यायमा परिरहेको उनको भनाई छ । यसमा फ्रिभिषा, फ्रिटिकटको माग गर्ने गैरसरकारी संघसंस्थाका व्यक्तिहरु पनि चुप लागेर बसेको भन्दै यसको विरुद्धमा आवाज उठाउन उनले अनुरोध गरे । 

मलेसियाले हालै वान स्टप सेण्टरका नाममा पासपोर्ट संकलन गर्ने भन्दै भिषा लगाउन अतिरिक्त रकम असुल्न थालिसकेको छ । यस वापत प्रति व्यक्ति ३ हजार लिन थालिसकिएको छ । सेप्टेम्वर १५ देखि यो लागु हुने भनिएपनि सोमवार देखि नै पासपोर्ट संकलनको काम सुरु गरिसकिएको छ । 

बाध्यताले विदेशिएकालाई स्वदेशमा नै अवशर दिन माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय