चोरीको पासपोर्ट बोके तत्काल पक्राउ, पासपोर्ट हराएमा नयाँ बनाउन सहज     

काठमाडौं, भदौ २८- अव हराएको पासपोर्ट(राहदानी) ईन्टरपोलमा रेकर्ड रहने भएको छ । कसैले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट बनाउने वित्तिकै पुरानो पासपोर्टको विवरण ईन्टरपोलमा रहने भएको छ । राहदानी विभागमा आएर राहदानी हराएको निवेदन दिनेबित्तिकै शाखाले त्यसको विवरण बुझ्ने र त्यहीबाट प्रहरीको इन्टरपोलमा सहकार्य गरी पुरानो राहदानी नम्बरलाई ‘इन्एक्टिभ’ गर्दै नयाँ नम्बर राखिनेछ । 

विभागको हराएको पासपोर्ट हेर्ने शाखाले निवेदनको डाटा चेक गर्नुका साथै तत्काल नेपाल प्रहरीको इन्टरपोलमा इमेल गर्नेछ । ‘प्रहरीले बढीमा ५ मिनेटभित्रमा रिप्लाई गर्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने । इन्टरपोलमार्फत सबै देशमा उक्त हराएको राहदानी नम्बर वाहकलाई अध्यागमनमा रोकिनेछ । मेसिन रिडेबल भएकाले बिना झन्झट तत्काल हराएको राहदानी बोक्ने व्यक्ति पक्राउ पर्नेछ । यसअघि नेपालीको पासपोर्ट प्रयोग गरेर विभिन्न मुुलुकका नागरिक रोजगारीका लागि विदेशिने गरेका थिए । 

यसैगरी अव पासपोर्ट हराएमा नयाँ बनाउन पत्रिकामा विज्ञापन छपाउनु र प्रहरी रिपोर्ट आवश्यक नहुने भएको छ । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार अबदेखि सीधै विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा दूतावासमार्फत सजिलैसँग अर्को पासपोर्ट बनाउन सकिनेछ ।

राहदानी हराएको विज्ञापन छपाएर जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई विभागले सोमबारदेखि हटाएको हो । यो व्यवस्थाले पासपोर्ट हराएर अर्को बनाउनु पर्ने व्यक्तिलार्ई धेरै राहत दिएको छ । 

यसअघि राहदानी हराए कुन क्षेत्रमा हराएको हो त्यो खुलाएर ‘क’ वर्गको राष्ट्रिय दैनिकमा सूचना (विज्ञापन) प्रकाशित गर्नुपथ्र्यो । प्रकाशित सूचनाको पूरा पृष्ठसहित राहदानी हराउने व्यक्तिले उजुरी गरेपछि प्रहरीले रिपोर्ट तयार पाथ्र्यो । उक्त रिपोर्ट र सोही प्रकाशित विज्ञापनसहित विभागमा फारम भर्नुपर्ने हुन्थ्यो । यो प्रक्रिया झन्झटिलो र खर्चिलो थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय