मलेसियामा अब नेपालीका लागि निःशुल्क कानुनी सेवा 

 

सुदीप निउरे , बैशाख १६, क्वालालम्पुर

मलेसियास्थित नेपाली राजदूतावासले एक जना कानुन व्यवसायी (वकिल)को व्यवस्था गरेको छ । मलेसियाका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न कानुन व्यवसायीलाइ नियूूत्त गरीएको नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ । कानुन व्यवसायीलाइ एक बर्ष समय अबधिकोको लागी नियूूत्त गरीएको राजदूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

अध्यागमन कानुनको अवज्ञा गरेका तथा अन्य अपराध गरी जेल सजायँ पाएका र जेल सजाय काटी सकेर डिटेन्सन क्याम्पमा रहेकाहरुको मुद्दा अब कानुन व्यवसायी मार्फत अगाडी बढाइने छ । सन् २००३ मा मलेसियामा नेपाली राजदूतावास स्थापना भएपछि  कानुन व्यवसायीलाइ नियूूत्त गरीएको यो पहिलो पटक हो । अब मलेसियामा मुद्दा झेलिरहेका कुनैपनि  नेपाली श्रमिकको तर्फबाट वकालत गर्नु परेमा नवनियुक्त कानुन व्यवसायीले गर्ने छन् ।

यहा रहेका कोहिपनि  नेपालीमाथि ,   मुद्दा मामिला परेको खन्डमा  सोझै नेपाली राजदूतावासमा गई  निवेदन र आवश्यक पर्ने अन्य कागजातहरु पेश गर्न सकिने छ् ।  यस अघि स्थानिय कानुन व्यवसायी मार्फत वकालत गर्नु पर्दा महङो शुल्क तिर्नु पर्ने बध्यता थियो । अब भने कानुन व्यवसायीलाइ कुनै शुल्क तिर्नु पर्दैन । निशुल्क कानुनी सेवा तथा परामर्स पाउन सकिने नेपाली राजदूतावासले जानकारी दिएको छ । राजदूतावास श्रोतका अनुसार अहिलेपनि मलेसियाका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा गरी  झन्डै ६ सय नेपाली छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय