मलेसियामा पटक-पटक फेरिने श्रम निती सरकारकै हितमा

 

सुदिप निउरे ,१३ बैशाख, क्वालालम्पुर
मलेसियामा रोजगारी गर्दै आएका बिभिन्न मुलुकका कामदारले यहां पटक पटक आप्रवासी श्रम निती परिबर्तन भईरहंदा आफुहरु समस्यामा पर्ने गरेको बताए । राजधानी क्वालालम्पुरमा नर्थ साउथ ईनिसेटिभ ( एनएसआइ ) नामको एक मलेसियन संस्थाले आयोजना गरेको गोष्टीमा सहभागी ६ देशका कामदार प्रतिनिधीले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल ,फिलीपिन्स,कम्बोडिया,म्यानमार, ईण्डोनेसिया र बंगलादेशका कामदार प्रतिनिधीको सहभागीता थियो । आयोजक संस्था एनएसआइले मलेसियामा कामगर्दै आएका आप्रवासी कामदारको अधिकारको सम्बन्धमा काम गर्ने गर्दछ ।

आप्रवासी कामदार मलेसिया आउन थालेको ३३ बर्ष भैसक्दा पनि कामदार ब्यबस्थापनमा ब्यापक कमिकमजोरी हुन’’ दुखद भएको सहभागीहरुको तर्क छ । सन १९८२ यता मलेसियाले केहि मुलुकसंग गरेको श्रम सम्झौता सहित ५७ पटक श्रमनिती हेरफेर गरेको पाईन्छ । तर अहिलेसम्म पनि मलेसियामा सानातिना समस्याबाट आप्रवासी कामदारले धेरै सास्ती पाउने गरेको उनीहरुले गुनोसो गरे । अध्यागमन बिभाग, प्रहरी प्रशासन लगाएत सम्बन्धित निकायहरु एकले अर्कोलाई दोष लगाउने तर आप्रवासीका बिभिन्न खाले समस्या समाधान गर्न असक्षम हुने गरेको सहभागीहरुले भोगाई सुनाए । 

मलेसियाले अहिले सम्म बिभिन्न ५ ओटा देशसंग मात्र श्रमसंझौता गरी कामदार ल्याउने गरेको पाईएको छ । मलेसियाले फिलीपिन्स, चाईना ,भियतनाम, पाकीस्तान र ईण्डोनेसियासंग मात्र श्रम संझौता गरेको छ । झण्डै ५ लाख भन्दा बढि कामदार यहां पठाएको नेपाल लगाएत बंगलादेश, म्यानमार, भारत,कम्बोडिया जस्ता मुलुकसंग अहिलेसम्म पनि मलेसियाले श्रम संझौता गरेको छैन ।

श्रमसम्झौता हुन नसक्दा, भने बमोजिकको काम दाम र कामदारको बिभिन्न पक्षको ब्यबस्थापन राम्रो ढंगबाट हुन सकिरहेको छैन् । जस्ले गर्दा अहिले पनि कामदारहरुले बिभिन्न खाले समस्या भोगीरहेका छन् । श्रमसम्झौता हुन नसक्नुमा कामदार पठाउने मुलुक स्वयंको पनि निश्कृयता प्रष्ट देखिन्छ । श्रम सम्झौता नभएका देशहरुबाट मलेसियाले आफ्नो सर्त बमोजिम मात्र कामदार ल्याई रहेको छ । पछिल्लो उदाहरण नेपाल सरकाले लागु गरेको फ्रिभिसा फ्रिटिकटको नितीलाई मलेसियाले मौन अस्वीकृती जनाउनु  पनि यसैको उपज हो । जस्ले गर्दा मलेसिया आफ्नो सर्त बमोजिममात्र अगाडी बढ्ने कुरा प्रष्ट देखिन्छ । श्रम सम्झौता गरिएका मुलुकहरु फिलीपिन्स र ईण्डोनेसियाका कामदारले मलेसिया सरकारको ब्यबहार श्रमसम्झौता भएका र नभएका सबैलाई एउटै भएको समेत बताए । 

एनएसआईका अनुसार मलेसिया कामदार पठाउने मुलुकमध्य पिलीपिन्सको सक्रियता पहिलो नम्बरमा पर्दछ । आफ्नो मुलुकका कामदारको समस्या सुनेर तत्काल यहांको सरकारसंग परामर्श गरि समाधान निकाल्न सक्षम देखिएकाले पिलीपिन्स अग्रस्थानमा देखा परेको हो । कार्यक्रममा सहभागीले बताए अनुसार नेपाल लगाएत मलेसियामा कामदार पठाउने अन्य मुलुकहरुको सक्रियता भने सामान्य देखिएको छ । कार्यक्रममा बिभिन्न देशका सहभागीहरुले मलेसियामा रहेका आ-आफ्ना राजदुतावासहरुमा कर्मचारीहरुको संख्या बृद्धि गर्नु  पर्नेमा जोड दिए । राजदुतावासमा जनशक्ति थप गर्न सके यहां आईपर्ने बिभिन्नखाले समस्या समाधान छिटो हुने उनीहरुले सुझाब दिएका छन । मलेसियामा रहेका बिभिन्न मुलुकका राजदुतावासका कर्मचारीहरुले आफुहरुप्रति राम्रो बोली ब्यबहार नगर्ने गरेको पनि सहभागीहरुले गुनासो गरेका छन् ।

एसीयामा लाखौ आप्रवासीलाई रोजगारी दिन सक्ने म’’ल’कको अग्रस्थानमा मलेसिया पर्दछ । यहां २१ लाख आप्रवासी कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख छ । श्रमिकको पक्षमा कामगर्ने बिभिन्न संस्थाहरुले मलेसियामा अझैपनि ४० लाख अबैधानिक रहेका दाबी गर्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय