मलेसियामा हुन थाल्यो कामदारको अभाब

 

सुदिप निउरे,बैशाख ११, क्वालालम्पुर

मलेसियाका अधिकांश कम्पनिमा कामदारको ब्यापक अभाब देखिएको छ । कामदारको अभाब बढ्न थालेपछि यहाका रोजगारदाताहरुले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरुले बिदेशी कामदारको अबस्था पहिलेकै जस्तो प्रयाप्त बनाई दिन माग गरिरहेको प्रख्यात संचार माध्यम ब्लुमबेर्गले आफ्नो रिपोर्टमा जनाएको छ ।

आबश्यकता अनुसार यहाका उद्योगहरुले कामदार पाउन सकेका छैनन् । अधिकांश उद्योगहरुमा प्रसस्त काम भएपनि कामदार नभएको रिपोर्टमा जनाईएको छ । बिशेष गरि बिभिन्न उद्योगधन्दा कलकारखाना र कृषि क्षेत्रमा कामदारको अभाबले समस्या आईपरेको जनाईएको छ । मलेसियाका अधिकांश उद्योगधन्दा कलकारखाना नेपाली कामदारको भरमा चलेको रिपोर्टको दाबी छ ।

कृषि क्षेत्रमा कामदारको चरम अभाब भएपछि अनाजहरुको मुल्यमा  ६० प्रतिशतले बृद्धि भएको बताएको छ । मलेसियाको कृषि क्षेत्र भने बंगलादेशी कामदारको निर्भरतामा चलेको बताइएको छ । उद्योग तर्फकै फर्निचर उद्योगतर्फ पनि २७ हजार कामदारको अभाब देखा परेको छ । मलेसियाको फर्निचर उद्योगलाई सन्सारकै ठुलो र प्रतिष्ठित मान्ने गरिन्छ । अहिले यहांको फर्निचर उद्योगतर्फ पनि २८ प्रतिशतले गिरावट आएको रिपोर्टमा उल्लेख छ ।

मलेसियामा बिदेशी कामदारका लागी उद्योग, निर्माण, सेवा, कृषि र बगानमा काम लगाउने गरिएको छ । केहि महिना अघि मलेसिया सरकारले बिदेशी कामदार नलिने भनि घोषणा गरेको थियो । त्यस घोषणा अघि बंगलादेशबाट १५ लाख कामदार ल्याउने निर्णय गरिएपनि मलेसियाले बंगलादेशसंग गरेको संझौतालाई एकतर्फी ढंगबाट भंग गरिदिएको हो ।

मलेसियामा हाल २१ लाख बिदेशी कामदार छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख ८३ हजार ९ सय ८ जना नेपालीले यहां बैधानिक तरिकाले काम गरिरहेका छन् । मिडीया रिपोर्टका अनुसार एसीयाली मुलुकमा सबैभन्दा धेरै बिदेशी कामदारलाई रोजगार दिने मुलुकमा मलेसिया अग्रस्थानमा पर्दछ ।

मलेसियाले बिदेशी कामदारलाई कटौती गरि स्थानियलाई रोजगारमा प्रोत्साहन गर्ने बताउंदै आए पनि सरकारको यस अभियानले  सफलता पाउन सकेको छैन । बिदेशी कामदारलाई सुरक्षा दिन नसक्नु , महङी अनुसार पारीश्रमिक नबढाउनु  जस्ता कारणबाट पछिल्लो समय मलेसियामा नेपाली लगायत बिदेशी कामदारको आक्रषण ह्वात्तै घटेको पाइन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय