रिंगिटको थोरै बृद्धि हुँदा कति छ रियाल, दिरहम र दिनारको भाउ ?  

 

काठमाडौं, बैशाख ८- बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ १६ पैसा र विक्रि दर २९ रुपैंयाँ ३३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ ३४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ४९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया २ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ६३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय