
लक्ष्मण खनाल युएई
स्याङ्गजा सहयोग समाज युएईले युएईमा अलपत्र परेका एकजना नेपालीलाई नेपाल फर्कने हवाई टिकट सहयोग गरेको छ । स्याङ्गजा जिल्ला चिलाउनेखर्क ३ ढापुक स्याङ्गजाका राम प्रकाश जिटीलाई स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, समाजका उपाध्यक्ष बालकृष्ण मारसिनीले समाजको तर्फबाट नेपाल जानको लागि एकतर्फी हवाई टिकट हस्तान्तरण गरे ।
२ बर्ष पहिले सेल्समेनको रुपमा रोयल विंगस् मिडल इस्ट जनरल ट्रेडिङ्ग एलएलसीमा आएका जिटी ६ महिना पहिले कम्पनी मालिक भागेपछि उनी अलपत्र अवस्थामा थिए । युएईको आवासिय भिसा पनि सकिएको र कम्पनीबाट तलब पनि नपाएकोले उनी अलपत्र अवस्थामा थिए ।
युएईको अध्यागमनबाट आउट पासको व्यवस्था गरि उनी शनिवारको उडानबाट नेपाल जादै छन ।