दोहा- कतारमा विदेशी सञ्चार माध्यमलाई जानकारी उपलव्ध गराएको अभियोगमा एक नेपालीलाई जवर्जस्ती स्वदेश फर्काउन खोजिएकोे छ । कतारको आइबीएक्स कम्पनीमा कार्यरत सिन्धुलीका उज्वल बि.क(बसन्त)लाई विना सुचना कम्पनीले बर्खास्त गरी जवर्जस्ती स्वदेश फर्काउन खोजेको हो ।
उनलाई कम्पनीको सुचना बिदेशी संस्थालाई दिएर कम्पनी धारासायी बनाउन खोजेको अभियोग लगाइएको छ । यो आरोप मिथ्या भएको नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट कतारले बताएको छ । उनको आइडी समेत ७ महिनादेखि कम्पनीले नविकरण गरिदिएको छैैन ।
जिफन्ट सपोर्ट ग्रुप, कतारमा आवद्ध भई समस्यामा परेका श्रमिकलाई सहयोग गर्ने काम समेत गर्दै आएका विक साढे दुई बर्ष देखि कतारमा आप्रवासी श्रमिकका पक्षमा लड्दै आएको छ । उनले जिफन्ट मार्फत आईएलओ, आईटियूसी, बिडब्लुआई तथा बिभिन्न बिदेशी सञ्चारमाध्मसँग हातेमालो पनि गर्दै आएका छन् ।
समस्यामा परेका धेरै नेपाली श्रमिकलाई राजदुतावास, श्रम अदालत हुँदै उच्च अदालतसम्म उनले पुर्याउने गरेका छन् । यहि कारणले नै जवर्जस्ती उनललाई स्वदेश फर्काउन खोजिएको अनुमान छ ।
उनलाई शुक्रवार राती १० बजेको टिकट काटेर स्वदेश फर्काउन खोजिएको भन्दै उनलाई न्याय दिलाउन नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट कतारले अपिल गरेको छ । भूकम्पका कारण बैदेशिक रोजगारी अनिवार्य रहेको अवस्थामा यसरी विकलाई जवर्जस्ती स्वदेश फर्काउन खोज्नु अन्याय भएको उसको ठहर छ ।
