राजबिराज ४ फागुन – सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जिल्लाका पत्रकारहरुस‘‘ग एक दिने अन्तक्रृया कार्यक्रम सम्पन्न भएको छ । सामी÷हेल्भेटास स्विसइन्टर कोअपरेशन नेपालको सहयोगमा सबल नेपालद्धारा सञ्चालित बिद्यालय तथा आमसञ्चार कार्यक्रम मंगलवार राजविराजमा सम्पन्न भएको हो ।
सकेसम्म स्वदेशमै रोजगारी गरौ, बिदेश जाने नै भए सीप सिकेर सुचना लिएर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्नेमा जिल्ला परियोजना संयोजक देवनारायण चौधरी बताए ।
२०७१/७२ मा वैदेशिक रोजगारमा जानको लागि सप्तरीमा २३ हजार ५ सय ४३ जनाले पासपोर्ट बनाउनको लागि आवेदन दिएको तथ्याँक छ । यसमध्ये १३ हजार ५ सय ६७ जना पुरुष र २५ जना महिला वैदेशिक रोजगारमा गएको पाइएको छ ।
हालसम्म सप्तरीमा ५३ वटा निवेदनको किनारा लागेको र स्थानिय स्तरमा क्षतिपूर्ति वापत ३४ लाख ९८ हजार रकम दिलाउन सफल भएको अन्तरक्रियामा जानकारी गराइयो । यसैगरी सप्तरी जिल्लाबाट यसबर्ष ७ जनालाई काठमाडौं पठाइएको सबल नेपालका परियोजना संयोजक अशोक कुमार साहले बताए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले वैदेशिक रोजगारमा जाने ब्यतिहरुलाई गाउ‘मा सुचनामा पहु‘च तथा फ्रि भिसा फ्रि टिकटलाई अभm प्रभावकारी बनाउन प्रचार प्रसारमा जोड दिनु पर्ने सुझाव दिए । उक्त अन्तकृया कार्यक्रममा जिल्लाका ३० जना बिभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता थियो ।
उतm कार्यक्रममा कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देब नारायण चौधरी, सवल नेपालका परियोजना संयोजक अशोक कुमार साह, कार्यक्रम अधिकृत चन्दनकुमार यादव, सुचना केन्द्रका परियोजना संयोजक भुवनेश्वर साहले सहजिकरण गरेका थिए ।