आबुधावी प्रहरीमा काम गर्ने अधिकारीको लोक गीत आउँदै 

युएई- प्रवासमा बसेर पनि नेपाली साहित्य संगीत र कलालाई माया गर्ने र यसको विकास विस्तार र प्रवर्द्धन गर्नेहरुको जमात बढ्दै गएको छ । यसै क्रममा यूएईको आबुधाबी प्रहरी सेवामा कार्यरत बिमल अधिकारीले निकट भविष्यमैं आफ्नो शब्द र लय संकलनमा पोखरामा पोखरामा बोलको लोक पप सांगीतिक कोसेली बजारमा ल्याउन लागेका छन् ।

बुद्धि अधिकारीद्वारा स्वरबद्ध यस गीतको भिडियो समेत छायांकन भइरहेको सर्जक अधिकारीले बताए । कुमार केसीद्धारा निर्देशित यस भिडियोमा नेपाली सिने जगतकी लोकप्रिय नायिका केकि अधिकारी र बिमल अधिकारी स्वयंले प्रमुख भुमिकामा अभिनय गरेका छन् । माया प्रेमको भाव समेटिएको गीत हाल पोखराकै मनोरम स्थलहरुमा छायांकन भइरहेको र केही समयमा नै सार्वजनिक हुने मोडल समेत रहेका सर्जक अधिकारीले जनाएका छन् ।

यूएईमा आयोजना हुने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा समेत उत्तिकै सक्रिय अधिकारीले यस अघिनै विभिन्न सांगीतिक सिर्जना र स्टेज कार्यक्रम मार्फत दर्शक तथा श्रोताहरुको मन जितिसकेका छन् । हाल वार्षिक बिदामा स्वदेश गएको मौका पारेर सो समयलाई सदुपयोग गर्दै नेपाली गीत संगीतका पारखीहरुलाई नयाँ कोसेली दिन लागेको सर्जक अधिकारीले बताएका छन् ।

उनका अनुसार शब्द संगीत तथा स्वरको उचित तालमेल मिलेको गीत र चर्चित नायिका सहितको अभिनय रहेको गुणस्तरीय भिडियोका कारण यो सिर्जनाबाट दर्शक तथा श्रोताको अझ बढी माया पाउने अपेक्षा राखेको उनले सुनाए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: