यो हप्ता कस्तो रह्यो रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?  

काठमाडौं, फागुन १- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार यो साता कतारी रियालको विनिमय दर थोरै बृद्धि भएको छ । साताको पहिलो दिन आइतवार कतारी रियालको खरिद दर २९ रुपैंयाँ ६६ पैसा थियो । साताको अन्तिम दिन शुक्रवार कतारी रियालको खरिद दर २९ रुपैंया ९० पैसा रह्यो । यसैगरी युएई दिरहमको मूल्यमा पनि सामान्य बृद्धि नै भयो । दिरहमको खरिद दर आइतवार २९ रुपैंयाँ ४० पैसा थियो भनें साताको अन्तिम दिन शुक्रवार २९ रुपैंया ६४ पैसा रह्यो । साउदी रियालको विनिमय दरमा पनि बृद्धि देखियो । आइतवार २८ रुपैंयाँ ८० पैसा रहेको रियालको शुक्रवार खरिददर २९ रुपैंयाँ ३ पैसा पुग्यो ।  

धेरै नेपाली कार्यरत मलेसियाको मुद्रा मलेसियन रिंगेटको मूल्य पनि यो साता बृद्धि भयो । आइतवार रिंगिटको खरिददर २५ रुपैंयाँ ९८ पैसा थियो भनें शुक्रवार यसको मुल्य बढेर २६ रुपैंयाँ ३० पैसा पुग्यो । यसैगरी कुवेती दिनारको मूूल्यमा पनि प्रति दिनार ५ रुपैंयाँ बृद्धि भयो । आइतवार ३ सय ५९ रहेको कुवेती दिनारको खरिद दर शुक्रवार ३६५ रुपैंयाँ ११ पैसा रह्यो । बहराइन दिनारमा पनि प्रति दिनार २ रुपैंयाँ बृद्धि भइ २ सय ८६ बाट २ सय ८८ रुपैंयाँ ७२ पैसा पुग्यो । 

रियाल, दिरहम, रिंगिट र दिनारमा आएको यो बृद्धिले बैदेशिक रोजगारीमा गएकाहरु र उनीहरुका परिवारले प्राप्त गर्ने रकममा बृद्धि हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: