
सुदिप निउरे,क्वालालम्पुर
मलेसिया सरकारले आप्रवासी कामदारको लेबि बढाउने भनि गरेको निर्णय स्थगीत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको घोषणा स्थगीत गर्ने निर्णय गरेको उपप्रधानमन्त्रि दातुक श्री अहमद जाहीद हामिदीले बताए । लेबि बढाएपछि चौतर्फि बिरोध बढेकाले मलेसिया सरकार स्थगीत गर्न बाध्य भएको
बिभिन्न मन्त्रालय अन्तरगतका महासचिब, उद्योग वाणिज्य संघसँग सम्बन्धि सरोकारवाला, बिभिन्न यूनियन तथा सम्बन्धित गैर सरकारी संघ संगठनसंग एक साता पछि अर्थात् फेब्रुवरि २० अगावै छलफल गरिने उपप्रधानमन्त्रि हामिदीले जनाएका छन् ।
मलेसियाले आप्रवासी का
अबैधानिक कामदारलाई करको दायरामा ल्याउने जिम्मा माई ईजीलाई
मलेसियाले अबैधानिक आप्रवासी कामदारलाई बैधानिक बनाउने प्रक्रियाको जिम्मा एक अर्धसरकारी कम्पनिलाई दिएको छ । माई ईजी सर्भिसेज बिएचडी नामको कम्पनिले यो जिम्मा पाएको हो । यो कम्पनिले अब अबैधानिक आप्रवासीको बिबरण अनलाईनमा राख्ने छ । यहांको गृह मन्त्रालयले माई ईजी कम्पनिलाई आधीकारीताका लागी नियुत्तीपत्र समेत दिई सकेको संचार संस्था मलेसियन ईन्साईडरले जनाएको छ ।
बैधानिक बन्ने प्रक्रियामा जानका लागी आफु काम गरिरहेको रोजगार प्रदायक कम्पनि मार्फत जान सकिनेछ । आगामी सोमबार अर्थात फेब्रुवरी १५ तारिख देखि कार्यक्रम शुरु हुदैछ । कार्यक्रम आगामी अगष्ट १५ सम्म चल्ने बताईएको छ । यस अघि ३ महिनाका लागी मात्र यो कार्यक्रम जारी राखीने भनेर घोषणा गरिएपनि त्यसलाई संसोधन गरि ६ महिना बनाईएको हो ।
त्यसो त गतबर्षको सेक्टेबर ४ मा पनि माईईजी सर्भिसेजले काम गर्नका लागी नियुत्ती पत्र पाईसकेको थियो । त्योबेला कार्यक्रम घोषणा हुन नसक्दा सरकारले पहिले दिएको नियुत्तीपत्रलाई नै संसोधन गरि थप केहि सर्त सहित दिएको समाचार एजेन्सीहरुले बताएका छन् । लागत लगाएतका कुरामा के कस्ता थप नया सर्त राखिएको छ भन्ने बारे अहिलेसम्म केहि खुलाएको छैन् ।
अबैधानिक आप्रवासी कामदार बैधानिक बन्न पाउने यस कार्यक्रममा कति नेपाली सहभागी हुनेछन भन्ने एकीन छैन । मलेसियास्थित राजदुतावासको अनुमानमा १० हजार नेपाली यहां अबैधानिक तरिकाले काम गरिरहेका छन् । तर मलेसियामा १० हजार भन्दा बढी नेपाली अबैधानिक तरिकाले काम गरिरहेको हुनसक्ने जानकारहरुको बुझाई छ । प्रधानमन्त्रि दातुक सेरी नजिब रज्जाकले संसोधित बजेट भाषणका क्रममा अबैधानिक कामदारलाई करको दायरामा ल्याउने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम आन्तरीक तैयारी भैरहेको छ ।
पछिल्लो समय मलेसियाले आप्रवासी कामदारको सवालमा नया नया योजना सार्बजनिक गरि रहेको छ । जस अन्र्तगत आममाफी संगै घर फर्कने अबसर, अबैधानीक आप्रवासी कामदारलाई बैधानिक बन्ने अबसर लगाएत हुन । अबसर दिएपनि आप्रवासी कामदारलाई सुरक्षा र चित्त बुझ्दो पारीश्रमिक भने मलेसियाले दिन सकिरहेको छैन । जस्ले गर्दा अधिकांश नेपाली कामदार मलेसिया बसाई छिटो टङ्ग्याउन मात्र चाहने भेटिन्छन् । हरेक सामान किन्दा मुल्यमा ६ प्रतिशत जिएसटी तिर्नु पर्ने, उपचार शुल्कमा ७० प्रतिशत बृद्धि हुनु, पारिश्रमिक नबढ्नु जस्ता कारणहरुलाई मुल्यांकन गर्दा मलेसियामा रहेका नेपाली कामदार माथी मानसिक तनाब मात्र थोपरीएको छ ।