दुवई – युएईमा एक नेपाली महिला वेटरलाई जवर्जस्ती किस गरेको र दुव्र्यवहार गरेको अभियोेगमा एक नेपालीलाई तीन महिनाको कैद सजाय भएको छ । उनको नाम छोटकरीमा एनके भएको गल्फ न्यूजले समाचार लेखेको छ ।
समाचार अनुसार ति युवाले रक्सी पिएर ति नेपाली युवतीलाई जवर्जस्ती किस गरेका थिए । साथै उनले ति महिलालाई दुव्र्यवहार समेत गरेको अदालतले ठहर गरेको छ । घटना गत जुन महिनामा भएको जनाइएको छ ।
दुवई अदालतले पहिलो सुनुवाईका क्रममा ति व्यक्तिलाई दोषि ठहर गरेको थियो । उनले रक्सी पिएर सो घटना गराएको समेत अदालतको ठहर छ । ति व्यक्तिलाई तीन महिना कैद पश्चात स्वदेश फर्काइन समाचारमा जनाइएको छ ।
समाचार अनुसार ति पुरुषले ति युवतीलाई पछ्याउँदै स्टोरसम्म गएको र जवर्जस्ती उनलाई किस गर्नुका साथै दुव्र्यवहार पनि गरेका थिए । ति युवतीले आफु खाना खान स्टोरमा गएको बयान दिएकी छिन् ।