कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, माघ २२- शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ६८ पैसा र विक्रि दर २९ रुपैंयाँ ८५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९८ रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २० पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३५९ रुपैंया छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ ६० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय