काठमाडौं, माघ २१ विहिवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८४ पैसा र विक्रि दर ३० रुपैंयाँ १ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १२ रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ८८ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५९ रुपैंया २७ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ १० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।