साउदीमा एक नेपालीको ज्यान गयो 

काठमाडौं – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ । धनुषा रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब पुगेको तीन महिना नबित्दै स्वचालित ढोकाले च्यापिएर ज्यान गएको हो ।

अघिल्लो आइतबार ढोकाले च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको सउदीमै रहेका लखिन्द्र यादवले बताए । लखिन्द्रका अनुसार मृतक यादवको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । होटेल सञ्चालकले स्वचालित ढोकाले च्यापिएर यादवको मृत्यु भएको भनेपनि घटना शङ्कास्पद रहेको उनको भनाइ छ ।

यादव साउदीको इस्टर्न वर्क्स अपरेसन सप्लाई कम्पनीमार्फत खोबारस्थित मुभेनपिक होटेलमा कार्यरत थिए । उनी गत १ मंसीरमा विजय ओभरसिज काठमाडौँ मार्फत साउदी गएका थिए । यादवको शव खोबारस्थित अलमना अस्पतालमा राखिएको छ । उनको मृत्यु भएको खबर परिवारलाई जानकारी गराइएको लखिन्द्रले बताए । यादवको परिवारमा वृद्ध बुबाआमा, एक श्रीमती र ६ महिनाको एक छोरा छन् । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय