काठमाडौं, माघ २०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिददर २९ रुपैंया ७८ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ९४ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ५२ पैसा र विक्रि दर २९ रुपैंयाँ ६८ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ९० पैसा र विक्रि दर २९ रुपैंयाँ ६ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २५ रुपैंयाँ ७७ पैसा तथा विक्रिदर २५ रुपैंयाँ ९१ पैसा छ । मलेसियन रिंगेटको विनिमय दरमा भारी गिरावट यसअघि नै आइसकेको छ । केहि दिनयता २६ रुपैंयाँ माथि रहेको रिंगिट पुनः २५ मा झरेको हो ।
यसैगरी कुवेती दिनराको खरिददर ३५८ रुपैंयाँ २७ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८७ रुपैंयाँ ४९ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।