
काठमाडौं, माघ १९- मंगलवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७० पैसा र विक्रि दर २९ रुपैंयाँ ८७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ १७ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि पुगेको छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५६ रुपैंया ७७ पैसा छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ ८१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।