‘साउदीमा तत्काल महिला कामदार नपठाउ’ 

साउदी अरव- एनआरएनए साउदीले वर्तमान अवस्थामा साउदी अरवमा महिला घरेलु कामदार नपठाउन जोडदार माग गरेको छ । एनआरएनएले श्रम तथा रोजगार मन्त्रालयलाई एक पत्र पठाउँदै साउदीमा हाल पुरुष कामदारहरुले नै असुरक्षित रुपमा र अमर्यादित काम गर्नुपरिरहेको भन्दै महिला कामदार नपठाउन आग्रह  गरेको हो । 

एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान तथा महासचिव तेज थापाले पठाएको पत्रमा भनिएको छः कारण जे सुकै र जति भएपनि पुरुष कामदार नै असुरक्षित र अमर्यादित रहेको जगजाहेर छ । पत्रमा अगाडी भनिएको छः अवैध रुपमा भारत र कुवेतबाट साउदी ल्याइएका  महिलाको वास्तविक तथ्याँक छैैन । यो अवस्थामा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु पठाउने गरी तत्काल सम्झौता नगरियो भन्ने जोडदार अनुरोध गर्दछौं ।

हालै उपसचिवस्तरिय अध्ययन भ्रमण पश्चात साउदी अरवमा कार्यरत नेपाली जनसमुदाय, संघसंस्था लगायत एनआरएनएको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । 

साउदी अरवमा घरेलु महिला कामदार माथि यौन हिंसा र शारिरीक हिंसा चर्को भएपछि सरकारले हाल साउदीमा घरेलु काम गर्न महिलालाई जान प्रतिवन्ध लगाएको छ । अन्य देशहरुले समेत महिला कामदार पठाउन बन्देज लगाएपछि हाल साउदी अरवमा महिला कामदारको ठूलो माग छ । त्यसैले दलालहरुले भारत तथा पछिल्लो समयमा श्रीलंकाबाट समेत पर्यटक भिसामा महिलालाई साउदी अरव पुर्याइरहेका छन् । 

यसैबीच एनआरएनए साउदीले फ्री भिसा र टिकटको निर्णय कागजमा मात्र सिमित रहेको भन्दै यसतर्फ कडा निगरानी गरी निर्णय कार्यान्वयनका लागि समेत मन्त्रालयलाई अनुरोध गरेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय